धान भित्र्याउने बेलामा खेतभरी आगो
झापाका किसानहरुले सयौं हेक्टर जग्गामा लगाईएको धानमा आगो लगाएका छन् । किराले फलेको धानलाई सबै भुस बनाएपछि बाली भित्र्याउने बेला किसानले यस्तो गरेका हुन् ।
धान काट्न तयार रहेका किसान १०/१५ दिन मात्रै अगाडी यस्तो समस्या देखिन थालेपछि आतिएको बताएका छन् । सुरुमा धानको बोटको फेदमा कालो लेउ जस्तो लागेको २/३ दिनमै बोट सुक्न थालेको किसान बताउँछन् ।
कृषि ज्ञान केन्द्र झापाका प्रमुख नीलकमल सिंहका अनुसार फड्के किराको संक्रमणबाट जिल्लामा ठुलो मात्रामा धानको क्षति हुन पुगेको जानकारी दिनुभयो ।