बिहिबार, २९ कार्तिक २०८१

प्रभावविहिन बन्दै ‘स्मार्ट कृषि गाउँ कार्यक्रम’

Share via:

 

प्रदेश ५ नम्बर सरकारले सुरु गरेको स्मार्ट कृषि गाउँ कार्यक्रम रोल्पामा प्रभावकारी बन्न नसकेको पाईएको छ । जिल्लाको गंगादेव गाउँपालिकाको जिनावाङ र सुनिलस्मृति गाउँपालिकाको घोडागाउँमा संचालनमा रहेको स्मार्ट कृषि गाउँ कार्यक्रमले सन्तोषजनक प्रतिफलको लक्षण नदेखाएको हो ।

 

कार्यक्रम अन्तर्गत अदुवा र बेसार खेती नउम्रीएपछि श्रम, समय र लगानी व्यर्थ भएको छ । मसला बालीको विस्तार गर्ने उद्देश्यले अदुवा र बेसार लगाईए पनि उत्पादनमा समस्या भएको स्मार्ट कृषि गाउँ कार्यक्रम कार्यान्वयन समितिका कोषध्यक्ष कुमारी थापाले बताईन् ।

 

६५ किलो अदुवा र ७० किलो अदुवा लगाईएकामा थोरै मात्र उम्रेको किसानको दुखेसो छ । गत आर्थिक वर्षमा प्रदेश सरकारबाट विनियोजित ५० लाख रुपैयाँबाट यान्त्रिकीकरणका लागि केहि सामान खरिद गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *