शुक्रबार, ०७ बैसाख २०८१

धार्मिक र स्वास्थ्यको हिसाबले महत्वपूर्ण ‘बेल’को खेती कसरी गर्ने ?

Share via:

 

पोषक तत्व र औषधियुक्त गुणले भरिपूर्ण बेल नेपालमा लगाउंदै आईएको एक धार्मिक महत्व बोकेको फल पनि हो ।

बेललाई पूर्वीय दर्शनमा शिवजीको मन पर्ने फल भन्दै यसको पात चढाईने गरिन्छ । यसलाई विभिन्न वेदहरुमा उल्लेख

गरिएको पाईन्छ ।

स्वास्थ्यको हिसाबले यसलाई बहुगुणी फलको रुपमा लिइन्छ ।

बेलका फाईदाहरू:

  • अजीर्ण, डाईरिया लगायत विभिन्न रोग निको पर्ने गुण भएको फल
  • आयुर्वेदिक औषधिको रुपमा प्रयोग हुने
  • कार्बोहाइड्रेट, भिटामिन सी, खनिज तत्व जस्ता चीजहरु प्रशस्त मात्रामा पाईने
  • सर्वत, जाम, पाउडर, ट्रफी, नेक्टर आदि महत्वपूर्ण चिज बनाउन सकिने
  • बिउबाट तेल निकाल्न र चोपबाट विभिन्न वस्तु टाल्ने र टाँस्ने काम गर्न सकिने
  • पाकेको फलको गुदी ताजै खान सकिने

हावापानी र माटो

सबै खाले माटोमा यसलाई सजिलै खेति गर्न सकिन्छ । यसको लागि माटोको pH ५ देखि १० सम्म सहने हुनु पर्दछ ।

समुन्द्र सतह देखि १५०० मिटर सम्मको उचाईमा राम्रो हुन्छ । सुख्खा हावावानी भएको स्थानमा पनि यो फल राम्रो हुन्छ ।

जात

रानी जातको बेलको फल राम्रो हुन्छ ।

विरुवा उत्पादन :

बीउद्वारा विरुवा उत्पादन गर्ने चलन छ । रुट सकर र बडीङ विधिद्वारा विरुवा तयार गर्न सकिन्छ ।

विरुवा लगाउने दुरी :

बोट देखि बोट र एउटा लाईन देखि अर्को लाईन बीचको दूरी १०/१० मिटरको दुरी मिलाएर यसको विरुवा लगाउनु उपयुक्त

मानिन्छ । सुरुवाती तिर यसलाई राम्रो संग मलजल गरि हुर्काएपछि त्यति ख्याल गरिराख्नु पर्दैन । यसको लागि चाहिने मल र

सिंचाईको बारेमा त्यति सिफारिस गरिएको पाईंदैन ।

फूल र फल :

विरुवा लगाएको ७/८ वर्ष पछी फुल्न र फल्न थाल्छ । जेठमा फुल फल्छ र एकमहिना भित्र फल लागिसक्छ । फल लागेको

करिब एक वर्षपछि वैशाख जेठमा पाक्छ । फल पाक्ने समयमा यसका पात पुरै झर्छन् ।

रोगकिरा :

यसमा असर पुर्याउने रोग र किराको पहिचान भएको पाईदैन ।

फल टिपाई :

फल परिपक्व भएपछि पहेलो हुन्छ ।

उत्पादन :

दसपन्ध्र वर्षे बोटमा २०० देखि ४०० दाना फल लाग्छ । ४० देखि ५० वर्षमा पुरानो बोटमा करिब १००० दाना सम्म फल लाग्न

सक्छ ।साधारणतया बेललाई २ हप्ता सम्म राख्न सकिन्छ तर ९ डिग्री सेल्सियस तापक्रम भएको भण्डारमा करिब ३ महिना

सम्म पनि राख्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

संबन्धित