कागती खेतीबाट लाखौँ आम्दानी
तोरी र कोदो मात्र उत्पादन हुने बारीमा हराभरा कागती उत्पादन भएपछि मोरङ लेटाङ आहालेका किसान
बिनोद कुमार वस्ती उदाहरणीय पात्र बनेका छन् ।
२०७० सालमा कागतीको व्यवसायिक सुरुवात गर्नु भएका वस्तीले तेस्रो वर्ष देखि उत्पादन लिन थाल्नु भएको
हो । पहिलो पटक २०७३ सालमा ३० टन कागती बेच्नु भएको थियो । गत वर्ष असिनाले अलि क्षति पुर्याएको
कागतीको औसत वार्षिक उत्पादन ३० टन बढी नै रहेको छ ।
३ बिघा जग्गामा कागती खेती गरिरहनु भएका वस्तीले माग अनुसारको कागती उत्पादन गर्न नसकेको
बताउनु भएको छ । दुई जना कामदारले वर्ष भर नै रोजगारी पाएका छन् । विराटनगर, धरान र काठमाण्डौ
जस्ता शहरमा कागती पुर्याउंदै आउनुभएको छ ।
सग्ला, राम्रा ठूला दाना कागती बिक्रीको लागि बजार पुर्याउंदा साना दानाका कागतीलाई अचारको रुपमा
अचार उद्योग लेटाङमा पुर्याउनु हुन्छ ।