बिहिबार, ०६ बैसाख २०८१

सुन्तला बगैंचाबाटै करोड बढीको सुन्तला बिक्री

Share via:

 

 

एउटै पाखोबाट तनहुँमा यस वर्ष एक करोड भन्दा बढीको सुन्तला बिक्रि भएको छ । तनहुँको म्याग्दे गाउँपालिका २ को

खानीगाउँ जामुनेमा कृषकहरु विश्ववहादुर अधिकारि, शुकनारायण श्रेष्ठ र रामबहादुर थापाले लगाएको सुन्तलाले यस वर्ष

राम्रो बजार पाएको हो ।

 

 

जिविस तनहुँको पूर्व सभापति रहनुभएका कृषक अधिकारीले लगाउनु भएका ६०० सुन्तलाका बोटबाट ४० लाख, जामुनेका

पूर्व गाउँ विकास समितिका अध्यक्ष समेत रहनुभएका कृषक शुकनारायण श्रेष्ठको बगैंचाका ७०० बोटबाट ५० लाखको

व्यापार भएको छ । कृषि ज्ञान केन्द्र तनहुँबाट सेवा निवृत्त कृषि प्रसार अधिकृत रामबहादुर थापाले लगाउनु भएका ३५०

बोटबाट १२ लाख रुपैयाँको सुन्तलाको कारोबार भएको पाईएको छ ।

 

 

१६०० बोटमा लटरम्मै फलेका सुन्तला लिन काठमाडौंबाट व्यवसायी आएर आफैं नै टिपेर लैजाने गरेको पाईएको छ । तनहुँको

खानीगाउँ सुन्तलाको लागि पकेट क्षेत्र मानिन्छ । कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख कुलप्रसाद तिवारीले कृषकलाई आवश्यक ज्ञान,

सीप र क्षमता अभिवृद्दि गर्दै खेर गएका पाखो बारीको सदुपयोग गर्न सकिने बताउनु भएको छ । सिजनमा पाईने सुन्तलालाई

चिस्यान केन्द्रमा राखी अफसिजनमा बिक्रि गर्ने कार्य गरिएमा तीन गुणासम्म बढी आम्दानि हुने प्रमुख तिवारीको भनाई रहेको छ ।

 

 

यद्यपि सुन्तलाले उपयुक्त बजार पाए पनि पछिल्लो क्रममा सुन्तलाको बोट मर्ने समस्या रहेको भन्दै कृषकहरुको गुनासो बढ्दै

आएको पाईन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

संबन्धित