बिहिबार, २९ कार्तिक २०८१

सुन्तला खेती अभिवृद्दिको लागि ‘सुन्तला महोत्सव’ हुँदै

Share via:

 

 

सुन्तला बचाउ अभियान सहित दोलखाको मेलुङ गाउँपालिकाले सुन्तला महोत्सब गर्न लागेको छ ।

 

स्वास्थ्य एवम गुणस्तरीय विरुवा तथा बगैंचा व्यवस्थापन गर्ने, आधुनिक प्रविधको प्रयोग, कीरा व्यवस्थापन तथा नियन्त्रण लगायतका लागि महोत्सव गर्न लागिएको बताईएको छ । पालिकाको वडा १को पवटी, २ वडाको ढलेको वर, डाडागाउँ, च्याने, ४ वडाको लामाटार, आंगेटार, मानेडाडा, बुद्दचोक, ६ वडाको तीनपिप्ले, गैरीगाउँ, छाप, निकासी लगायतका ठाउँमा सुन्तला खेती हुँदै आएको छ । अहिले ५०० कृषक व्यवसायिक सुन्तला खेती तिर लागेको अवस्थामा महोत्सव पछी दोब्बर बनाउने सोच गाउँपालिकाको रहेको छ ।

 

मेलुङ गाउँपालिकाले सुन्तला चीन तिर निर्यात गर्ने बन्दोबस्त मिलाउन खोजिरहेको गाउँपालिकाले जनाएको छ । हालको अवस्थामा पालिकाबाट करोड बढीको सुन्तला निर्यात भईरहेको छ ।

सुन्तला उत्पादनबाट आत्मनिर्भर बनाउन पकेट र ब्लक क्षेत्र निर्धारण गर्ने तयारी गाउँपालिकाको रहेको छ । त्यस्तै व्यवसायिक रुपमा सुन्तला खेती गर्नेलाई विशेष प्रोत्साहन गर्ने पालिकालेजनाएको छ ।

 

विभिन्न ठाउँमा भण्डारण तथा बिक्रि केन्द्र बनाईनुका साथै ब्रान्डीङ गरि गुणस्तरीय बनाउने पनि लक्ष्य रहीको स्पष्ट पार्दै अध्यक्ष श्रेष्ठले सुन्तला उत्पादक समूह, कृषक सहकारी र कम्पनीहरु स्थापना गर्न विशेष पहल गर्ने बताउनु भयो ।

 

पुस २८ र २९ गते हुने महोत्सवमा सुन्तलाको विभिन्न प्रकार र वितरण, सुन्तला विज्ञबाट कार्यपत्र प्रस्तुत, गाउँपालिकाबाट निर्मित मेलुङ संकल्प नामक वृत्तचित्र प्रदर्शनी समेत गरिने छ ।

गाउँपालिकाले आलु र सुन्तलालाई विशेष महत्व दिएर कृषि, पशु, वन, पर्यटन विकासको आधार, शिक्षा, सडक समृद्द मेलुङसको पूर्वाधार मूल नारा तय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *