उत्पादन मनग्य बजार शून्य : किसान चिन्तित
बेसारको उत्पादन राम्रो भएपनि कालिकोटका अदुवा उत्पादक किसानहरु भने बजार अभावले चिन्तित बनेका
छन् । बेसारको राम्रो सम्भावना सुनेर उत्पादनमा लागेका किसानहरु भने उत्पादनले बजार नपाउँदा निराश
बनेका छन् ।
गाउँबाट बेरोजगार भई भारत तिर लाग्ने युवालाई गाउँमा नै रोक्न सफल देखिएको बेसार उत्पादन किसानलाई
बजारले पिरोल्न थालेको छ ।
अन्नबाली भन्दा राम्रो कमाई हुने आशामा बेसार खेती थालेका किसानहरु ठूलो जग्गामा बेसार लगाएका थिए ।
बेसारको लागि ठूलो जनशक्ति र सीप आवश्यक नपर्ने भन्दै सहज आम्दानि गर्न सकिने भएकाले अधिकांश
युवाहरु बेसार खेती तिर आकर्षित बनेका थिए ।
सिंचाईको पर्याप्त व्यवस्था पनि गर्न नपर्ने अन्य बाली उब्जनी नहुने बाँझो पाखोमा बेसार लगाएर सदुपयोग गर्न
सकिने किसानहरु बताउँछन् ।