आइतबार, २६ जेठ २०८२

घरेलु तरिकाबाट अर्गानिक कीटनाशक घोल बनाउने विधि

 

हाम्रो वरपर रहेका विभिन्न वानस्पतिक चीजहरुबाट अर्गानिक कीटनाशक घोल बनाउन सकिन्छ ।

कागतीको पात खाने कीराको लागि :–

 

  • ८ देखि १० केस्रा लसुन पिसेर १ लिटर पानीमा २४ घण्टा मिसाएर राख्ने । त्यसपछि विरुवा पुरै भिज्ने गरि स्प्रे गर्ने । सामान्यतया यो तरिका ७ देखि १० दिनको फरकमा गर्न सकिन्छ ।

 

  • बाह्य कीराले आक्रमण गरिसकेको अवस्थामा बोटमा नीमको तेलको छिडकाव गर्ने ।

 

  • २० लिटर पानीमा २ किलो नीमको पात, रातो खुर्सानी, सुर्ती, साबुन, धतुरो, असुरो आदि राखेर एक हप्ता देखि १० दिन सम्म बिर्को लगाएर राख्ने । प्रत्येक दिन घोललाई लौरोले चलाउने । पछि घोलको स्प्रे गर्ने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *