घरेलु तरिकाबाट अर्गानिक कीटनाशक घोल बनाउने विधि

हाम्रो वरपर रहेका विभिन्न वानस्पतिक चीजहरुबाट अर्गानिक कीटनाशक घोल बनाउन सकिन्छ ।
कागतीको पात खाने कीराको लागि :–
- ८ देखि १० केस्रा लसुन पिसेर १ लिटर पानीमा २४ घण्टा मिसाएर राख्ने । त्यसपछि विरुवा पुरै भिज्ने गरि स्प्रे गर्ने । सामान्यतया यो तरिका ७ देखि १० दिनको फरकमा गर्न सकिन्छ ।
- बाह्य कीराले आक्रमण गरिसकेको अवस्थामा बोटमा नीमको तेलको छिडकाव गर्ने ।
- २० लिटर पानीमा २ किलो नीमको पात, रातो खुर्सानी, सुर्ती, साबुन, धतुरो, असुरो आदि राखेर एक हप्ता देखि १० दिन सम्म बिर्को लगाएर राख्ने । प्रत्येक दिन घोललाई लौरोले चलाउने । पछि घोलको स्प्रे गर्ने ।