भरतपुरमा अन्तर्राष्ट्रिय पोल्ट्री प्रदर्शनी सुरु
नेपालमा कुखुरापालन क्षेत्रमा नवीनतम अत्याधुनिक प्रविधिको प्रयोग भित्र्याउन सहयोग पु¥याउने उद्देश्यले भरतपुरमा शुक्रबारदेखि अन्तर्राष्ट्रिय पोल्ट्री प्रदर्शनी सुरु भएको छ ।
चितवन उद्योग सङ्घको प्रदर्शनी स्थलमा आयोजना भएको सो प्रदर्शनीको एक कार्यक्रमका बिच भरतपुर महानगरकी प्रमुख रेनु दाहालले उद्घाटन गर्नुभयो । प्रदर्शनीको उद्घाटन गर्दै प्रमुख दाहालले पूर्वाधारको विकासमा फड्को मारेको भरतपुरले अब उत्पादनका क्षेत्रमा विशेष योजना अघि सार्ने बताउनुभयो । “कृषिको प्रचुर सम्भावना भएको ठाउँ हो । पोल्ट्रीको त राजधानी नै भयो । अबको हाम्रो कार्यक्रम कृषि र पोल्ट्रीमै केन्द्रीकृत गर्ने हो,” उहाँले भन्नुभयो ।
भरतपुर महानगरले अब आर्थिक वर्ष २०८१/८२ मा ल्याउने नीति तथा कार्यक्रमको प्रमुख विषय नै कृषि र पोल्ट्रीको उत्पादनमा जोड दिने कार्यक्रम हुने पनि उहाँले बताउनुभयो ।