बोर्ड़ो मिश्रण के हो ? र कसरी बनाउने ?
मिश्रण, पेन्ट र पेष्ट गरी विभिन्न अवस्थामा पाउन सकिने बोर्ड़ो एक किसिमको रसायन हो । सामान्यतया बाली संरक्षणको निम्ति प्रयोग
गरिने यी चीज पहिलो ढुसीनासक विषादी हो । सर्वप्रथम प्रिभोष्ट नाम गरेका वैज्ञानिकले पहिलो पटक गनाउने कालो पोके नियन्त्रण गर्न
गहुँमा यसको प्रयोग गरेका थिए ।
- बोर्डो मिश्रण
निलो तुथो (कपर सल्फेट), चुना र पानीको रासायनिक प्रतिक्रिया मार्फत यस मिश्रणको निर्माण गरिन्छ ।
आवश्यक साम्रगी
नीलोतुथो, चुना, पानी, प्लाष्टिकको बाल्टी, फलाम र ब्लटिङपेपर आदि
विशेषता
- यसले धातुलाई खियाउछ । यसलाई अरु विषादीहरु संग मिसाउन सकिदैन ।
प्रयोग
- ढुसीको आक्रमण बाट बोटबिरुवामा लाग्ने रोगबाट बचाउन यसलाई प्रयोग गर्न साकिन्छ । यसलाई बोटमा प्रयोग गरे लगत्तै
- पात र डाठमा प्रयोग गरेमा बोटलाई ढुसीजन्य रोगको आक्रमणबाट बचाउन सकिन्छ । रोगको अनुपस्थितिमा पनि बोर्डो
मिश्रणलाई अंगुर र आलुमा प्रयोग गर्दा फाईदाजनक नै मानिन्छ । पात डढने, फल झर्ने वा सड्ने रोगमा यो मिश्रण
प्रभावकारी हुन्छ ।
बोर्डो मिश्रण प्रयोग गर्दा ध्यान दिनु पर्ने कुराहरु
- बादल नलागेको बेला, घाम भएको बेला बिरुवाको स्टोमाटा खुल्लै रहने बेलामा यसको प्रयोग गर्दा सिधै तामाका कणहरु
बोविरुवामा प्रवेश गर्न सक्छन् - स्तनधारी जीवको लागि यो मिश्रण एकदम विषालु हुन्छ
- टिप्नु अगाडी पर्खनु पर्ने समय दुई हप्ता हुनु पर्छ । बोर्डो मिश्रणको लागि साधारणतया ५:५:५० वा ४:४:४० को अनुपात
मिलाएर कपर सल्फेट(निलो तुथो), चुना र पानी मिलाउनु पर्छ ।