शुक्रबार, ०७ बैसाख २०८१

यी हुन् घ्यू कुमारीको प्रयोगबाट हुने १५ विभिन्न फाईदाहरु

Share via:

 

१. घ्यू कुमारीको गुदीमा राम्रो बेसार फिटेर मनतातो पारी आखाँमा राती सुत्ने बेलामा बाँध्नाले आँखाको सम्पूर्ण रोग निको हुन्छ ।

 

२. कानको रोगमा घ्यू कुमारीको गुदी मनतातो पारेर २/३ थोपा दाहिने कान दुखोमा देब्रे कानमा र देब्रे कान दुखेमा दाहिन कानमा

हाल्ने र दुबै दुखेमा दुबैमा हाल्नाले ठीक हुन्छ ।

 

३. मस्तिष्कको रोगका लागि दैनिक एक चम्चा घ्यू कुमारी खाने र तालुमा लगाउने गरेमा टाउको पोल्ने, पित्त विकार आदि ठिक हुन्छ

र मस्तिष्क ठण्डा हुन्छ ।

 

४. पुरानो ज्वरोमा घ्यू कुमारीको जरा १ चम्चा तातो पानीसँग खानाले जीर्ण ज्वरो पनि निको भएर आउँछ । यसो गर्दा वमन भएमा

डराउनु पर्दैन पित्त निस्केर जान्छ ।

 

५. जण्डीस, कमलपित्त भएमा बिहान बेलुका ११ चम्चा घ्यू कुमारी सेवन गर्ने गरेमा आँखा, शरीर पहेलो भएको हट्दै जान्छ र

निको हुन्छ ।

 

६. खटिरामा घ्यू कुमारीको गुदी तताएर खटिरामा बाँधेमा घाउ छिट्टै पाक्छ र निको हुन्छ ।

 

७. वायुगोला गानो गएमा १ चम्चा घ्यू कुमारीको गुदी, १ चम्चा राम्रो बेसार १ चिम्टी सिदेनून फिटेर तातो पानीसँग खाली पेट केही दिन

खाएमा ठीक हुन्छ ।

 

८. यौवनवान बनिरहन २ चम्चा घ्यू कुमारीको गुदी बिहानबेलुका खाने गर्नाले कुनै रागले छुदैन, दाँत बलियो हुन्छ, स्वर सुरिलो हुन्छ, कपाल

कालो हुन्छ, शरीरमा सँधै बल प्रदान गरिरहन्छ ।

 

९. कुनै पनि विषमा घ्यू कुमारीको रस वा गुदी नित्य सेवन गर्नाले सम्पूर्ण शरिरको विष नाश हुन्छ, बल तागत प्रदान गर्छ ।

यसलाई मालिसको रुपमा शरिरमा लगाउनाले पनि प्रशस्त फाईदा हुन्छन् ।

 

१०. टाउको दुखेमा घ्यू कुमारीको लेदो मनतातो पारेर कञ्चटमा लगाउनाले वातज, पितज टाउको दुख्ने ठीक हुन्छ ।

 

११. पेटमा गाँठो देखिएमा घ्यू कुमारी तताएर पेटमा गाँठो भएको ठाँउमा बाँध्नाले गाँठो ठीक हुँदै जानेछ ।

 

१२. बच्चालाई कब्जिएत भएमा घ्यू कुमारीको लेदो र साबुनको गाज फिटेर नाइटोमा वरिपरि लगाउनाले दिसा लागेको निको हुन्छ ।

 

१३. वाथ भएमा घ्यू कुमारीको गुदी नित्य बिहान र बेलुका एकरएक चम्चा खाने गरेमा वाथरोग ठीक हुन्छ ।

 

१४. मर्केको, चोट लागेको र सुनिएकोमा घ्यू कुमारीको गुदीमा बेसार मिसाउने र तताएर बाँधिदिएमा छिटै दुख्न कम हुन्छ, चोट

पनि ठिक हुन्छ ।

 

१५. दाद आएमा घ्यू कुमारी, लसुनमा पिनेर लेप लगाउने गरेमा दाद आएको ठिक हुन्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

संबन्धित