बिहिबार, १५ चैत्र २०८०

अलैंची र कीवीका साथै कृषि ज्ञान केन्द्र संखुवासभाका विभिन्न कार्यक्रमहरु

Share via:

 

कृषि ज्ञान केन्द्र संखुवासभाले चालु आर्थिक वर्ष २०७६/७७ को लागि अनुदानका कार्यक्रम संचालनको लागि प्रस्ताव आह्वान गरेको छ । बुधवार कृषि ज्ञान केन्द्र संखुवासभाबाट जारी सूचनामा विभिन्न २० ओटा शिर्षकका प्रदेश स्तरीय अनुदानका कार्यक्रमको लागि कृषक, कृषक समूह, सहकारी लगायतका सम्भावित साझेदारहरुलाई प्रस्तावना पेश गर्न अनुरोध गरिएको छ ।

 

१५ दिनको समय सिमा राखेर गरिएको विज्ञापनमा विभिन्न २० ओटा शिर्षकका छुट्टाछुट्टै कार्यक्रमको लागि ७५ देखि ८५% सम्म अनुदान दिईने कृषि ज्ञान केन्द्र संखुवासभाका प्रमुख गोविन्द आचार्यले जानकारी दिनु भयो ।

कृषि व्यवसाय प्रवर्द्धन अनुदान कार्यविधि २०७६ को पीडीएफ फाईल डाउनलोड गर्नको लागि यो लिंक क्लिक गर्न सक्नु हुनेछ ।

 

कार्यक्रमहरु

१. मकै उत्पादकत्व प्रर्वद्धन कार्यक्रम

२.बीउ विजन आत्मनिर्भर प्रर्वद्धन कार्यक्रम

३.रैथाने बाली उत्पादन प्रर्वद्धन कार्यक्रम

४.महिला दलित विपन्न तथा पिछडिएको समुदाय लक्षित कार्यक्रम

५.कागती खेती मिसन कार्यक्रम

६.कीवि खेती प्रर्वद्धन कार्यक्रम

७.व्यवसायीक फलफूल बगैंचा स्थापना

८.मुख्य राजमार्ग लक्षित तरकारी उत्पादन कार्यक्रम

९.अलैंची नीजि नर्सरी स्थापना

१०.पुरानो रोग ग्रस्त अलैंची बगानको प्रतिस्थापन कार्यक्रम

११.नमुना अलैंची वगान स्थापना

१२.अलैंची नयाँ क्षेत्र विस्तार कार्यक्रम

१३.खेर गएका सार्वजनिक जग्गाहरुमा फलफूल खेती प्रर्वद्धन कार्यक्रम

१४.युवा लक्षित च्याउ, मह, तरकारी,उत्पादन कार्यक्रम

१५.गड्यौला मल उत्पादन तथा प्राङ्गरिक मल सुधार कार्यक्रम

१६.भकारो सुधार कार्यक्रम

१७.कृषि बजार तथा संकलन केन्द्र निर्माण

१८.अलैंची सुकाउने सुधारिएको भट्टी निर्माण रसहयोग कार्यक्रम

१९.नमुना कृषि फार्म स्थापना सहयोग

२०.आलु भण्डारणका लागि रष्टिक स्टोर भण्डारण निर्माण

 

वृस्तृत जानकारीको लागि कृषि ज्ञान केन्द्र संखुवासभाको सहायता कक्षको फोन नम्बर ०२९ – ५६०१३०, मोबाईल नम्बर ९८४३०६०७३१ मा समेत बुझ्न सकिने जनाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

संबन्धित