शनिबार, ०८ बैसाख २०८१

कृषकको उत्पादन आफैं खरिद गर्ने रेसुङ्गा नगरपालिका पहिलो

Share via:

 

विभिन्न कृषि जन्य उत्पादनको बजारीकरणको सम्पूर्ण जिम्मा लिने गरि गुल्मीको रेसुंगा नगरपालिकाले उदाहरणीय कार्यको शुभारम्भ गरेको छ । नगर क्षेत्र भित्रका कृषकहरुका पशुपन्छी देखि हरेक कृषि जन्य उत्पादनलाई आफैं खरिदेर बजारीकरण गर्ने जिम्मा लिएको छ ।

 

स्थानीय स्तरको उत्पादनले बजार पाईनरहेको अवस्थामा रेसुंगा नगरपालिकाले विभिन्न तरकारी, मसलाजन्य वस्तु, फलफुल संगै पशुपंक्षी जन्य वस्तुको नगरपालिका आफैले उचित मूल्यमा खरिद गरेर उपभोक्तालाई सुपथ मुल्यमा बिक्रि गर्ने भएको छ ।

 

कृषकहरुले तरकारी, फलफुल , खाद्यबाली एवम पशुजन्य उत्पादनलाई स्थानीय संकलन केन्द्र र हाटबजारमा लगेर बिक्रि गर्न थालेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

संबन्धित