प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको ब्लक र पकेट कार्यक्रम संचालन सम्बन्धि कृषि ज्ञान केन्द्र संखुवासभाको प्रस्तावना आह्वान
कृषि ज्ञान केन्द्र संखुवासभाले चालु आर्थिक वर्षको लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत विभिन्न पकेट र ब्लक विकास कार्यक्रम सम्बन्धि प्रस्तावना आह्वान गरेको छ । चालु आर्थिक वर्षको लागि ज्ञान केन्द्रले ८ ओटा ब्लक तथा १४ ओटा पकेट कार्यक्रम तय गरेको हो ।
पछिल्लो आर्थिक वर्ष २०७५/७६ मा संचालनमा आएका पकेटहरुलाई यस वर्ष पुरानो पकेटको रुपमा निरन्तरता दिने र चालु आर्थिक वर्षमा संचालनमा आउने नयाँ पकेट र ब्लक कार्यक्रमहरु जिल्लाका विभिन्न स्थानीय तहमा संचालनमा आउने भएका हुन् ।
विभिन्न बाली/वस्तुहरुमा आधारित रहेर संचालन हुने १० हेक्टर (२०० रोपनी क्षेत्रफल) का १४ नयाँ पकेट एवम १०० हेक्टर (२००० रोपनी) का ८ ओटा ब्लक कार्यक्रममा सहभागी बनेर कार्यक्रम कार्यान्वयन गर्नको लागि कृषक समूह/कृषि सहकारी/कृषि फर्म/उद्यमीहरु तथा जलउपभोक्ता समितिहरुबाट आवेदन फारम माग गरिएको छ ।
नयाँ तथा पुराना पकेट एवम नयाँ ब्लक कार्यक्रमहरु प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना ब्लक तथा पकेट संचालन कार्यविधि,२०७३ बमोजिम संचालन हुने व्यवस्था राखिएको छ ।
२१ दिनको समयसीमा राखेर प्रकाशन गरिएको सुचना अनुसार २०७६ माघ ११ गते सम्म कार्यलय समय भित्र निर्दिष्ट गरिएका विभिन्न कागजात सहित सम्बन्धित स्थानीय तहको भागमा परेका र आफुले चाहेको पकेट वा ब्लक कार्यक्रमको लागि सम्भावित साझेदारहरुले प्रस्तावना बुझाउन सकिने बताईएको छ ।
८ ओटा ब्लक कार्यक्रम, संचालनमा रहने स्थानीय तह एवम बाली/बस्तुहरु
क्र.स. | स्थानीय तह | ब्लक संख्या | बाली/वस्तु |
१. | खाँदबारी नगरपालिका | २ | सुन्तालाजात |
२. | धर्मदेवी नगरपालिका | १ | अलैंची |
३. | मकालु गाउँपालिका | १ | अलैंची |
४. | चिचिला गाउँपालिका | १ | दाँते ओखर |
५. | सिलिचोङ गाउँपालिका | १ | अलैंची |
६. | पांचखपन | १ | कागती/सुन्तला |
७. | मादी | १ | आलु |
उल्लेखित ब्लक कार्यक्रम १०० हेक्टर (२००० रोपनी)मा संचालन हुनेछ भने प्रति ईकाईका ब्लक कार्यक्रमको लागि बढीमा ५०% वा ३५ लाख सम्मको अनुदान कार्यक्रम रहनेछ ।
ब्लक कार्यक्रमहरुमा आवेदन फारम बुझाउन चाहनुहुने समूह/ फर्म वा संस्थाहरुले निम्न अनुसारका कार्यालयको ढांचाको आवेदन फारम र चेकलिष्ट संगै राखेर बुझाउनु पर्नेछ ।
आवेदन फारमको ढांचा डाउनलोड गर्नको लागि यहि रातो अक्षरमा थिच्नुहोस् ।
ब्लकको लागि चेकलिष्ट डाउनलोड गर्नको लागि यहि रातो अक्षरमा थिच्नुहोस् ।
त्यस्तै गरि नयाँ पकेट कार्यक्रम संचालन हुने स्थान र बाली
क्र.स. | स्थानीय तह | पकेट संख्या | बाली/वस्तु |
१. | खाँदबारी नगरपालिका | ५ | मौरी, तरकारी -२ र सुन्तला- २ |
२. | धर्मदेवी नगरपालिका | २ | अलैंची र सुन्तला |
३. | मकालु गाउँपालिका | २ | अलैंची र कीवि |
४. | चिचिला गाउँपालिका | २ | अलैंची र तरकारी |
५. | सिलिचोङ गाउँपालिका | १ | अलैंची |
६. | पांचखपन | १ | अलैंची |
७. | मादी | १ | अलैंची |
उल्लेखित १० हेक्टर (२०० रोपनी) क्षेत्रफल (मौरीको सन्दर्भमा ५०० घार बराबर एक पकेट) मा संचालन गरिने विभिन्न बाली/वस्तु जन्य सम्बन्धित नयाँ पकेट कार्यक्रमको लागि प्रति ईकाई बढीमा ५०% वा ८ लाख सम्मको अनुदानको व्यवस्था गरिएको छ ।
आवेदन फारमको ढांचा डाउनलोड गर्नको लागि यहि रातो अक्षरमा थिच्नुहोस् ।
पकेटको लागि चेकलिष्ट डाउनलोड गर्नको लागि यहि रातो अक्षरमा थिच्नुहोस् ।
त्यस्तै गरि पछिल्लो आर्थिक वर्ष २०७५/७६ मा मादी नगरपालिकामा संचालनमा रहेका दुई ओटा पकेट कार्यक्रमहरु प्रति ईकाई बढीमा ५०% वा ६ लाख सम्मको अनुदान उपलब्ध गराउने प्रावधान सहित कार्यक्रम तय गरिएको छ ।
पकेट र ब्लक विकास कार्यक्रम अन्तर्गत सहभागिता जनाउन ईच्छुक कृषक समूह/कृषि सहकारी/कृषि फर्म/उद्यमीहरु तथा जलउपभोक्ता समितिहरुले आवेदन फारम कार्यलयमा बुझाउनको लागि निम्नअनुसारका कागजातहरु साथै बुझाउनु पर्नेछ ।
- नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
- संस्था/ समुह/ फर्म/ समितिहरुको दर्ता नवीकरणको प्रतिलिपि
- संस्था/समुह/फर्म/समितिहरुको निर्णयको प्रतिलिपि
- पान/भ्याटमा दर्ता भएको कागजातको प्रतिलिपि
- पछिल्लो आर्थिक वर्ष २०७५/७६ सम्मको कर चुक्ताको प्रमाण र सहकारीको हकमा अघिल्लो आवको लेखा परीक्षण प्रतिवेदन
- सम्बन्धित वडा कार्यालय तथा सम्बन्धित पालिकाको कृषि शाखाको सिफारिस
- कार्यक्रम कार्यान्वयन स्थलको जग्गाको स्वामित्व देखिने कागजातको प्रतिलिपि, जग्गा धनि दर्ता प्रमाणपुर्जा वा कम्तिमा १० वर्ष सम्मका लागि लिजमा लिएको प्रमाणको प्रतिलिपि
- रु. १० को टिकट टाँस गरिएको निवेदन र कार्यालयले उपलब्ध गराएको ढाँचामा भरिएको आवेदन फारम
यसका साथै गत आर्थिक वर्षमा संचालनमा रहेका दुई ओटा पकेट कार्यक्रमले पुनः पुरानो कार्यक्रमको निरन्तरताको रुपमा संचालन गर्नको लागि संस्था/समूह/फर्म वा समितिहरुको दर्ताको नवीकरण गरिएको प्रमाणपत्रको प्रतिलिपि भए पुग्ने बताईएको छ । साथै थप जानकारीको लागि कृषि ज्ञान केन्द्र संखुवासभाको सम्पर्क नम्बर ०२९-५६०१३० मा बुझ्न सकिने जनाईएको छ ।