शुक्रबार, १८ माघ २०८१

बाँझा बारी देखि खेती हुने जग्गाहरु अलैंची बगानमा परिणत हुँदै

 

लमजुङमा पूर्वी नेपालमा जस्तै लोभलाग्दो तरिकाले अलैंचीको क्षेत्र विस्तार हुँदै गएको छ । पहिले पहिले भेडा, बाख्रा, गाईभैंसी पालेर जीविकोपार्जनमा व्यस्त हुने लमजुङको मर्स्याङ्दी गाउँपालिका छिनखोलाका कृषकहरु डांडापाखा र भिरालो बस्तीमा अहिले ढकमक्क अलैंचीको बगान बनाएका हुन् ।

कोदो, मकै, आलु जस्ता खाद्य एवम तरकारी बाली लगाईने छिनखोलाका बारीहरु अहिले अलैंची बगानले ढाकेका छन् ।

वार्षिक ८० देखि १२० क्विन्टल जति अलैंची उत्पादन गर्ने कृषकहरु जिल्लामा उत्पादन हुने अलैंची अन्य जिल्लाको भन्दा गुणस्तरीय ठहरिएपछि अझ क्रियाशील भएर लागेका हुन् । लमजुङमा अहिले साउने, डम्बरसाई, जिर्मले, रामसाई, गोलसाई जातका अलैंचीको खेती हुँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *