उखुमा बिचौलियाको बिगबिगी : झोलामा पैसा बोकेर खेतमै
सरकार र उखु उद्योग संचालकहरुले उखु किसानलाई दिने भुक्तानीमा ढिलाई भए संगै बिचौलियको प्रभाव बढ्दै गएको छ ।
सरकारले चालु आर्थिक वर्षको लागि उखुको न्युनतम समर्थन मूल्य अनुदान सहित प्रति क्विन्टलमा ५३६.५६ रुपैयाँ दिने घोषणा गरेपनि सो रकम किसानको हातमा पर्न सकेको छैन ।
यता सरकारले दिने अनुदान समेत नपाएको अवस्था उखु किसान आन्दोलित भए पनि किसानले २०७४ देखि सम्मको पैसा पाउन सकेका छैनन् ।
उद्योग संचालकले किसानलाई पैसा समयमै भुक्तानी गर्न नसक्ने भन्दै यता बिचौलिया ठेकेदारहरु झोलामा पैसा बोकेर सस्तोमा उखु खोज्दै किसानको खेतमा आउने गरेका छन् ।
स्थानीय ठेकेदारहरुले प्रति क्विन्टल सरकारले तोकेको न्यूनतम मुल्यलाई वेवास्ता गर्दै ३०० देखि ४३५ रुपैयाँ दिएर किसान संग मोलमोलाई गर्ने गरेका छन् ।
एकातिर घरायसी खर्चको लागि पैसा चाहिने र अर्को तिर सरकार एवम उखु उद्योगले समयमै पैसा नदिने भएकाले ठेकेदारलाई उनीहरुले भनेकै मूल्यमा उखु उपलब्ध गराउन बाध्य भएको किसानहरुको दुखेसो रहेको छ ।
किसानले खेती गर्नैका लागि भनेर वार्षिक ३६% ब्याजदरले ऋण लिने गरेका छन् । यता ठेकेदारहरुले त्यहि ऋण तिर्नुपर्ने च्याखे थापेर किसानबाट सस्तोमा उखु किन्ने गरेका छन् ।
केहि समय अगाडी तराईबाट आन्दोलित उखु किसानहरु राजधानीमै आएर आन्दोलन गरेपछि सरकार संग भएको सम्झौता अनुसार माघ ७ गते भित्र पनि रकम भुक्तानी भएको छैन ।