शुक्रबार, १८ माघ २०८१

जलवायु परिवर्तन : विश्वबाट नै मौरीको संख्या घट्दै

 

जलवायु परिवर्तन भए संगै मौरीको जीवनपद्दतीमा गम्भीर संकट परेको पछिल्लो अनुसन्धानले देखाएको छ । तीव्र रुपमा वृद्दि भएको तापक्रम र त्यसले निम्त्याएको वातावरणीय  जोखिमले  मौरीको लागि उपयुक्त वातावरण को संकट देखिएको हो ।

युरोपेली र उत्तर अमेरिकी देशमा गरिएको पछिल्लो अध्ययनले मौरीको संख्या तीव्र रुपमा घट्दै देखाएको छ ।

सन् १९७० को दशक पछि सो क्षेत्रमा भएको मौरीको संख्या सर्वेक्षणको क्रममा एक तिहाईले मौरी घट्दै गएको पाईएको हो । यसरी मौरीको संख्या घट्दै जानुमा मुख्य रुपमा तापक्रमको अस्वाभाविक वृद्दि हुनु नै पाईएको हो ।

पृथ्वीमा परागसेचनको लागि मुख्य माध्यम मानिएको ‘बम्बल बि’ ले फलफुल, तरकारी तथा कृषि उत्पादन र बोट विरुवामा परागसेचन गराउने गर्छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *