बिहिबार, २९ कार्तिक २०८१

कोरोनाको प्रभाव : देशव्यापी ‘लकडाउन’, दैनिकी असहज बन्दै

Share via:

 

विश्वव्यापी रुपमा कोरोना भाईरसको संक्रमण बढे संगै नेपाल सरकारले गरेको एक देश व्यापी बन्दाबंदीले गर्दा नेपालीहरुको दैनिकी असहज बन्दै गएको छ । दैनिक उपभोग्य साम्रगीको विक्री वितरण गर्न पसल खुल्ला राख्न सरकारले आग्रह गरे पनि उपभोक्ता ग्राहक नआएको भन्दै व्यापारीले पसल बन्द गरिरहेका छन् । सरकारको मातहातमा रहेको साल्ट ट्रेडिङ कर्पोरेसनले समेत आफ्नो बिक्रि केन्द्र बिहिबार २ बजे नै बन्द गरेको हो ।

कर्पोरेसनका प्रवक्ता ब्रजेश झाले पसलमा ग्राहक नआएपछि दिनभरी खोल्नुको अर्थ नरहेको बताउनु भयो । सडकमा मान्छे हिंड्न रोक लगाईएको तर पसल खोल्न लगाउनुले द्वेध चरित्र देखिएको भनाई छ । यस विषयमा स्पष्ट नभए सम्म पसल खुल्ला नराखिने उहाँले बताउनु भयो ।

देशभरि नै ‘लकडाउन’ भए संगै खाद्यन्न तरकारी तथा फलफूलको विवरण न्यून भए पनि नियमित रहेको सरकारले बताएको छ । काठमाडौं स्थित कालीमाटी फलफूल तथा तरकारी बजारमा न्यून र नियमित रुपमा तरकारीको आयात भईरहेको समितिले बताएको छ । बुधबार र विहिबार बिहान ८ बजे सम्म मात्रै तरकारी बजार खुला भए पनि शुक्रबार देखि भने राती २ देखि बिहान ७ बजे सम्म खुल्ला गर्ने निर्णय भएको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका कार्यकारी निर्देशक तेजेन्द्र पौडेलले बताउनुभयो ।

समितिका अनुसार विहिबार ३७० मेट्रिक तँ तरकारी भित्रिएको छ भने वुधबार ४०० मेट्रिकटनको हाराहारीमा तरकारी भित्रिएको विकास समितिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *