‘ग्रीन टि’ बन्ने चियाको ‘फस्ट फ्लस’ यत्तिकै बगानमा
समयमै वर्षा भएपछि हर्लक्कै हुर्केको चियाको मुना यसपटक बाक्लै पलाए पनि टिप्ने बेलामा बगानमै हुर्किरहेको छ । ईलामका विभिन्न ठाउँमा लगाईएको चियाले यस बेला फस्ट फ्लस दिन सुरु गरिसकेको छ । यस ‘फस्ट फ्लस’लाई विशेष महत्व दिएर टिप्ने गरिन्छ ।
चियाको पहिलो टिपाईको मुना हरियो पत्ति वा ग्रीन टि बनाउन प्रयोग हुने र यसले राम्रो बजार पाउने गर्दछ । हरियो चियाको मुल्य प्रतिकिलो ६० देखि १०० रुपैयाँ सम्म र अर्गानिक हरियो पत्तिको मूल्य प्रतिकिलो १५० रुपैयाँ सम्म निर्धारण गरिन्छ ।
गत सिजनमा हरियो चिया पत्तिको ६० देखि १०० र अर्गानिक हरियो पत्तिको मुल्य १५० रुपैयाँ प्रति किलो सम्म रहेको पाईएको छ ।