मंगलबार, ०४ बैसाख २०८१

किसानलाई सरकारी राहत : माछो माछो भ्यागुतो

Share via:

 

किसानले उत्पादन गरेका कृषि जन्य वस्तुहरुको बजारसम्म ढुवानीमा २५ प्रतिशत अनुदान दिने सरकारी निर्णय लागू नभएको पाईएको छ ।  देशव्यापी लकडाउन भए संगै चैत १६ गतेको मन्त्री परिषद्को निर्णयले विभिन्न ठाउँमा रहेका उत्पादन केन्द्र र संकलन केन्द्रमा जम्मा दूध, तरकारी, माछा, अण्डा, मासु तथा खाद्यान्न लगायतको सामग्री नजिकको बजार पुर्याउन सहजता गर्ने निर्णय गरिएको थियो ।

सरकारको निर्णय अनुसार स्थानीय तह मार्फत २५% अनुदान दिएर कृषि उपज ढुवानीमा सहयता पुर्याउने भनिए पनि किसानले सो राहत पाउन सकेका छैनन् ।  स्थानीय तहले ढुवानी अनुदान दिन नसक्दा किसानहरु सरकारी निर्णयको राहत प्राप्त गर्न सकिरहेका छैनन् ।

स्थानीय तहको गुनासो अनुसार सरकारको निर्णय बारे अधिकांश स्थानीय तहहरु मन्त्री परिषदको सो निर्णयबाट बेखबर रहेको बुझिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

संबन्धित