बुधबार, २८ कार्तिक २०८१

कोरोनाको प्रभाव : कतै दूधले बजार पाएन कतै बाटो मै पोखियो

Share via:

 

विश्वव्यापी महामारी कोरोना भाईरसले दुध एवम दुग्धजन्य वस्तुको बजारलाई असर पुर्याएको छ । नेपाल सरकारले गरेको दुई साता लामो लकडाउनले गर्दा होटेल, रेष्टुरेन्ट देखि यातायातमा असहज हुँदा दुध जन्य उत्पादनको बजारमा असर पुगेको छ ।

उत्पादित दुधले बजार नपाएपछि सामाजिक संजालमा किसानले दुध पोखेको भिडियोहरु भाईरल हुन थालेका छन् । नेपाल डेरी एसोसिएसनका अनुसार काठमाडौंमा पहिलेको तुलनामा हाल आएर दुधको खपत २०% ले कमि भएको बताईएको छ ।

लकडाउन अघि सम्म दैनिक साढे ३१ लाख लिटर दुध मध्ये काठमाडौंमा मात्र ४ लाख लिटर दुध खपत हुँदै आएको थियो । कोरोना भाईरसको महामारी संगै काठमाडौं खपतको मात्रा घटेर १ लाख ५० हजार लिटर भएको छ । अति आवश्यक वस्तुमा दुध जन्य चीज परे पनि सरकारी निर्णयले दुधको बजार बिग्रिएको एसोसियनको भनाई छ ।

यसै बीच पोखरामा दैनिक २५ हजार लिटर पाउडर दूध र विराटनगरमा ५० देखि ६० हजार लिटर पाउडर दुध बनाउंदै आएको पनि एसोसिएसनले जनाएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको आँकडा अनुसार हाल सम्म ८० ओटा दुध उद्योग दर्ता भई संचालनमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *