कोरोनाबाट बच्न यस्ता चीज सेवन गर्न सकिन्छ
कोरोना भाईरसको विश्वव्यापी महामारी संगै कोरोनाको त्रास विश्व भर नै उच्च रहेको छ । कोरोनाबाट बच्न सामाजिक दूरी कायम गर्ने देखि लिएर मास्क, साबुन, पन्जा, सेनीटाईजरको प्रयोग बढ्दै गएको पाईन्छ ।
कोरोनाबाट बच्न सामान्य रुघाखोकी लाग्दा जस्तै गरिने यी क्रियाकलाप गर्न सकिन्छ जसबाट हाम्रो शरीरको प्रतिरोधात्मक क्षमता केहि हदसम्म बढाउन सकिन्छ ।
- अमिला दिने फलफूल
सुन्तला, निबुवा, कागती संगै सरिफा अनि अंगुर खाने गर्नाले प्रतिरोधात्मक क्षमता बढ्दछ
- अदुवा
विभिन्न एन्टी भाईरल जन्य तत्व भएको अदुवाले मान्छेको ‘ईम्युन सिस्टम’ बलियो बनाउने पाईएको छ । दैनिक ३/४ पटक अदुवाको स-साना टुक्रा सेवन गर्नु राम्रो मानिन्छ । यसलाई सोप वा महका साथै खान सकिन्छ ।
- भिटामिन सी
यसले ‘ईम्युन सिस्टम’लाई सघाउँदछ । सुन्तला जातका फलफूल, स्ट्रबेरी, पालुंगो, ब्रोकाउली आदि दैनिक सेवन गर्न सकिन्छ ।
- भिटामिन बी-६
माछा मासु, अन्डाबाट प्राप्त हुन सक्ने भिटामिन बी-६ ले ‘ईम्युनिटि पावर’ बढाउन सघाउँदछ । सोयाबिन, चना, दूध, आलु पनि भिटामिन बी-६ का स्रोतहरु हुन् ।
- भिटामिन ई
ओखर, बदाम, पालुंगो जस्ता चीजमा हुने एन्टी अक्सिडेन्टले शरीरको प्रतिरोधात्मक क्षमता बढाउँदछ ।