शुक्रबार, १६ चैत्र २०८०

पहाडी जिल्लाहरुमा खाद्यन्न अभाव बढ्दै

Share via:

 

सुदूरपश्चिमको पहाडी जिल्ला बैतडीमा खाद्यान्न अपुग हुने देखिएको छ । कोरोना भाईरस प्रकोप रोकथाम सम्बन्धि जिल्ला कमाण्ड पोस्टको बैठकले बैतडीमा तिन महिनाको विवरण संकलन गर्दा १ लाख बढी क्विन्टल खाद्यन्न अपुग हुने देखिएको छ ।

चामल, दाल, पीठो, आलु, नुन, चिनी, तेल, प्याज संगै खाना पकाउने ग्याँस गरि दुई लाख बढी क्विन्टल खाद्यान्न आवश्यक हुने देखिएको छ । कृषि ज्ञान केन्द्र, उद्योग वाणिज्य संघ, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यलय लगायतको बैठकले जिल्ला सो अवस्थाको प्रक्षेपण गरेको हो ।

जिल्ला प्रशासनले भने स्थानीय स्तरमा खाद्यान्न ढुवानी सहज बनाउन अनलाईनबाट नै सवारी पास दिने व्यवस्था मिलाएको जानेको छ । सुदूरपश्चिम लगायत सो क्षेत्रमा अब गहुँ पाक्ने समय भएकाले खाद्यान्नको केहि मात्रा पूर्ति हुने कृषि ज्ञान केन्द्र बैतडी बताउंदछ । करिब साढे २ लाख जनसंख्या रहेको बैतडी जिल्लामा १० स्थानीय तह रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

संबन्धित