गुच्ची च्याऊ संकलनमा जुट्दै स्थानीय च्याऊ संकलक

चैत महिना लागे संगै गुच्ची च्याउ टिप्ने सिजन सुरु भएको छ । हिमाली क्षेत्रमा पाईने गुच्ची च्याउ टिप्न भ्याई नभ्याई अहिले हुम्लाका स्थानीय बासिन्दालाई भएको छ ।
बिहान उठेर जंगल चहारेर गुच्ची च्याउ खोज्ने र बेलुका च्याउ बोकेर घर फर्किने हुम्लामा स्थानीय बासिन्दालाई भएको छ । दैनिक १०० देखि लिएर १५० ओटा सम्म च्याउ संकलन गर्न सकिने स्थानीयहरु बताउँछन् । १०० देक्झी १५० ओटा च्याउको मूल्य २ हजारसम्म पर्ने च्याउ संकलकहरु बताउँछन् ।
संकलन गरिएको च्याउ खरिद गर्न व्यापारीहरु घर घर आउने गर्छन् । हिउँदमा हिमपात राम्रो भएमा च्याउ उत्पादन राम्रो हुने स्थानीय च्याउ संकलक कृषकहरुले बताउँछन् ।
चैतमा खडेरी परेको समयमा च्याउ त्यति राम्रो नहुने र बेला बेलामा पानी र हिउँ परिरहेको कारण जमिन ओसिलो भएकाले च्याउ राम्रो उत्पादन हुने गर्दछ ।