बुधबार, २८ कार्तिक २०८१

भारतबाट माछा मासु आयातमा प्रतिबन्ध

Share via:

 

कोरोना भाईरसको संक्रमणबाट सावधानी स्वरूप भारतबाट आयात हुने माछा मासुमाथि झापामा प्रतिबन्ध लगाईएको छ । झापासँग सिमा जोडिएका सबै नाकाहरु बन्द गर्दै प्रमुख नाका काँकडभिट्टामात्र सञ्चालनमा ल्याउने निर्णय पनि भएको छ ।

कोरोना भाइरसको संक्रमण रोकथाम तथा व्यवस्थापनका लागि बनेको जिल्लास्तरीय समन्वयकारी संयन्त्रले काँकडभिट्टा नाका विहान ८ बजेदेखि बेलुका ६ बजेसम्म मात्र खुला राख्ने निर्णय गरेको छ ।

‘खुलमखुल्ला माछा मासु विक्री पनि रोक्ने र यसको कार्यन्वयनका लागि स्थानीय तहहरुलाई परिपत्र गरिएको जिल्लास्तरीय संयन्त्रले बतायो । अव्यवस्थित तवरले माछामासु विक्री वितरणले पनि जोखिम निम्तन सक्ने भएकाले पुर्व सावधानी अपनाउन यस्तो गरिएको बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *