शुक्रबार, ०७ बैसाख २०८१

गएको दशैंमा परेको असिनाले क्षति गरेका कृषकहरुलाई राहत कार्यक्रम

Share via:

 

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, गण्डकी प्रदेश सरकारले म्याग्दीका असिना पिडितलाई १ करोड रुपैयाँ बढी राहत कार्यक्रम गर्ने भएको छ । मन्त्रालयले आकस्मिक राहत सहयोग समितिबाट १ करोड ९२ लाख ४१९ रुपैयाँ राहत दिने निर्णय गरेको हो ।

बेनी नगरपालिकाका विभिन्न ठाउँहरु, मंगला गाउँपालिका लगायत विभिन्न ठाउँमा ८५४ घर धुरीमा कृषकको चार करोड बढी बराबरको धान, कोदो र दलहन बाली क्षति गरेको थियो ।

जिल्ला विपद व्यवस्थापन समितिका पदाधिकारी र जनप्रतिनिधि सहितको सहभागितामा भएको स्थलगत अनुगमन गरि संकलन गरिएको विवरणको सिफारिसको आधारमा प्रदेश स्तरीय समितिले सो कार्यक्रम गर्न लागेको कृषि ज्ञान केन्द्र, म्याग्दीले बताएको छ ।

कार्यक्रम अन्तर्गत धानमा ४०,३३,२७५ त्यस्तै दलहन बालीमा ३४,७७,१९४ र कोदोमा २६,८१,९५० रकम राहत कार्यक्रम बनेको छ ।

पाकेर भित्र्याउने बेलामा धान, कोदो, बोडी, सिमि लगायतका प्रमुख खाद्यान्नबाली, तरकारी र फलफूल असिनाले झारेपछि निराश भएका कृषकलाई सरकारले उपलब्ध गराउने राहतले सहज हुने बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

संबन्धित