आइतबार, २० माघ २०८१

असिनाले कृषिमा पुर्यायो ठुलो नोक्सानी

 

शनिवार परेको असिनाले शनिवार राती स्याङ्गजा जिल्लाको फेदीखोला गाउंपालिकामा ६ करोड बराबरको क्षति पुर्याएको छ ।

असिनाका कारण मौसमी तथा बेमौसमी तरकारी खेती, आलु, तोरी, टमाटर, लसुन, प्याज, गहुँ लगायतमा क्षति पुगेको हो । सो क्षेत्रको सोमबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पदमा अर्यालले स्थलगत निरीक्षण गर्नु भयो । अनुगमनमा मन्त्री अर्यालले प्रदेश र संघीय सरकार संग समन्वय गरेर राहत उपलब्ध गराउने प्रतिबद्दता पनि जनाउनु भयो ।

असिनाका कारण यहाँका एक हजार चार सय कृषक र ७० जना व्यवसायिक युवाको लगानी एक क्षणमा शून्य भएको गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *