शुक्रबार, १६ चैत्र २०८०

सम्भावित खाद्य संकटबाट जुध्न रु ५० हजार पुरस्कार राशी सहितको फुडाथन हुँदै

Share via:

 

विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ महामारी संगै खाद्य सुरक्षाका सम्बन्धमा भविष्यमा हुन सक्ने खतराको अवस्थाबाट पूर्वतयारी रहने प्रयास स्वरूप ‘बिट्स ल्याडर’ प्राईभेट लिमिटेडले दुई दिने अनलाईन प्रतिस्पर्धा गर्ने भएको छ । ‘ह्याक द हंगर’  भन्ने मुख्य सोंच लिएर बिट्स ल्याडरले ‘फुडाथान’ नाम दिएर आगामी जुन १३ र १४ का दिन अनलाईन प्रतिष्पर्धा गर्ने भएको हो । प्रतिष्पर्धाले विश्वले नै महामारी खेपिरहेको अवस्थामा अनुकूल दीगो खाद्य प्रणाली सम्बन्धि समाधानका अवधारणा प्रस्तुत गर्नेछ ।

प्रतिष्पर्धीले कस्तो आईडीया राख्न पाउने?

अर्बान फार्मिंग (urban farming), खाद्यान्न उत्पादन (growing food), प्रारंगारिक फार्मिंग (organic farming), खाद्यान्न भण्डारण (food storage) र खाद्यान्न वितरण चक्र (food supply chain) सम्बन्धि सहभागिले आफ्नो केहि नयाँ र केहि फरक ‘आईडिया’ प्रस्तुत गर्नेछन् ।

कसले सहभागिता जनाउन सक्छ?

प्रतिष्पर्धामा एकल वा संयुक्त रुपमा आफ्नो सहभागिता जनाउन सकिनेछ । जुनसुकै उमेर समूह र क्षेत्रबाट सहभागिता जनाउन सकिनेछ ।

कसरी सहभागि बन्ने?

आगामी जुन ६ तारिख सम्म अनलाईनबाट नै दर्ता गर्न सकिनेछ । रजिस्ट्रेसनका लागि यो लिंक क्लिक गर्न सक्नुहुनेछ

सहभागिता दर्ता गराउने अन्तिम दिन जुन ६ तारिख सम्म रजिस्ट्रेसनमा दर्ता हुन आएका सहभागिहरुको अन्तिम छनोट गरी जुन ९ तारिखमा १० ओटा सहभागि टोली घोषणा गरिनेछ ।

यसरी सहभागिता जनाउने टीम बीच जुन १३ र १४ गते अनलाईन प्रतिष्पर्धाका माध्यमबाट विजेता टोली घोषणा गरिनेछ । विजेता टिमले ५० हजार नगद पुरस्कारका साथै ६ महिनाको मेन्टरशिप लिने अवसर प्राप्त गर्नेछन् ।

खाद्य प्रणाली, उत्पादन र वितरणमा उद्यमशिलता विकासका लागि बिट्स ल्याडरले आयोजना गर्ने यो फुडाथन स्पर्धाले वर्तमान परिवेशमा दीगो नवप्रवर्तित समाधान (sustainable innovative solution) का उपायहरुको खोजीको लागि सघाउ पुर्याउने लक्ष्य राखेको कार्यक्रमको प्रचारप्रसार विभागका कुमोद शाहले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

संबन्धित