बुधबार, २८ कार्तिक २०८१

किसानलाई ध्यानमा राख्दै प्रदेश स्तरमै कृषि दर्पणको विमोचन

Share via:

 

प्रदेश १ को कृषि सूचना तथा प्रविधि सम्बन्धि जानकारीलाई किसान समक्ष पुर्याउने लक्ष्य सहित कृषि विकास निर्देशनालय, विराटनगरले कृषि संग्रह स्वरूप पहिलो प्रादेशिक कृषि दर्पण प्रकाशन गरेको छ । सोमबार प्रदेश १ का भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगरको उपस्थितिमा पुस्तिका विमोचन गरिएको कृषि विकास निर्देशनालयका कृषि अर्थ विज्ञ विवेक आचार्यले बताउनुभयो ।

संघीय सरकार अन्तर्गतको कृषि सूचना तथा प्रशिक्षण केन्द्रले उत्पादन गर्ने कृषि प्रसारका सामग्रीहरु जस्तै प्रदेश तहको निर्देशनालयले प्रदेश मै पहिलोपटक किसान केन्द्रित पुस्तिका प्रकाशन गरेको निर्देशनालयका सहप्रवक्ता समेत रहनुभएका आचार्यले बताउनुभयो ।

प्रदेशका किसानलाई ध्यानमा राखेर कृषक मैत्री पुस्तिका प्रकाशन गर्नुभएकामा खुसी व्यक्त गर्दै प्रदेशका कृषि राज्यमन्त्री रामबहादुर मगरले अगाडीका दिनमा अरु बढी प्रकाशन हुनेमा आशा व्यक्त गर्नुभयो । तेस्तैगरी प्रदेश १ का कृषि सचिव निरु दाहाल पाण्डेले केन्द्रमा रहंदा आफूले यसखाले प्रकाशनको समेत नेतृत्व गर्ने अवसर पाएको र आफ्नै कार्यकालमा प्रदेश संरचना अन्तर्गत निर्देशनालयले तयार गरेको प्रकाशनलाई विमोचन गर्न पाउँदा खुसी लागेको बताउनुभयो ।

पत्रिकामा संघीय संरचना पछिको प्रदेशको कृषि क्षेत्रको अवस्था, दीगो कृषि प्रणाली, कृषि विकास रणनीति र महामारी, खाद्य सुरक्षा, प्रांगारिक एवम जैविक कृषि तरिका देखि कृषि यन्त्र, बीमा लगायत कृषि क्षेत्रको समग्र विषयवस्तुलाई समेटेर पुस्तिकालाई सन्तुलित बनाउने प्रयास गरिएको प्रधानसम्पादक समेत रहनुभएका कृषि विकास निर्देशनालयका निमित्त प्रमुख प्रकाश कुमार डाँगीले बताउनुभयो । निमित्त प्रमुख डाँगीले प्रकाशनलाई मूर्तरुप दिनका लागि खटिनु भएका सम्पूर्ण सम्पादक संगै लेख रचना उपलब्ध गराउनुभएका सम्पूर्णमा धन्यवाद एवम आभार प्रकट गर्नुभयो । साथै आगामी अंक अर्को चौमासिकमा अझ परिष्कृत स्वरुपमा पत्रिकालाई प्रकाशन गर्ने पनि बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *