मल अभावले धान रोपाई रोकियो
असार सकिएर साउन लाग्दा देशै भरि कहीं रोपाई सकियो भने कहीं तीव्रताका रोपाई गरिदै छ अनि कतै रोप्ने काम मै अड्चन आएको छ । देशमा मनसुन सक्रिय भए संगै देशका विभिन्न ठाउँमा गएका वर्षहरुमा जस्तै रोपाईको चटारो ढिला सुरु भयो ।
पर्सा जिल्लामा किसानले मल अभावमा धान रोपाई कार्यक्रम नै स्थगित गरेर मलको लागि दिनहुँ सहकारी धाउनु परेको छ । १४ ओटा स्थानीय निकाय रहेको पर्सा जिल्लामा सबै भन्दा बढी २७ ओटा सहकारी र सबै भन्दा कम ठोरी गाउँपालिकामा १ सहकारीले मल बिक्रि वितरण गर्दै आएका छन् ।
४६ हजार हेक्टरमा धान खेती हुने गरेको पर्सामा किसानले धान रोप्ने बेलामा मल नपाएर महँगो मुल्यमा कमसल मल किन्न बाध्य भएका छन्। सिंचाईको अभाव र आकाशे पानीको भरमा धान खेती गर्नु पर्ने बाध्यतामा रहेका किसानलाई कृषि सामग्री कम्पनि लिमिटेडको क्षेत्रीय कार्यलयले मलको अभाव देखाएपछि किसान भौतारिन बाध्य भएका हुन् ।
रासायनिक मलको मौज्दात नरहेकाले कृषि सामग्रीले मलको अभाव देखाएको छ ।