बुधबार, २८ कार्तिक २०८१

भारतीय विषादीयुक्त तरकारी रोकिंदा किसानले मोल पाए

Share via:

मोरङमा आफैं तरकारी उत्पादन गर्ने कृषकहरुलाई भारतबाट आयात हुने तरकारीमा हुने विषादी प्रयोगको हल्लाले सघाउ पुर्याएको छ । तरकारी बजारमा ल्याउनु अघि बजार भाउ सोधेर बेच्ने किसानले यस बेला भने आफ्नो परिश्रमको मोल पाएका छन् ।

तराई र आसपासको क्षेत्रमा बाढी र डुबान भएपछि तरकारीको माग पुर्याउन किसानलाई धौ धौ भएको छ । व्यापारीले भाउ तोकेर लैजाने समयमा पैसा नदिने समस्याबाट पनि छुटकारा पाएको किसानहरुको भनाई छ ।

नेपालमा भारतबाट आउने तरकारीको मुल्य सस्तो पर्ने हुनाले किसानले आफ्नै खेतबारीमा उब्जाएको तरकारीको अलिकति महँगो हुँदा बिक्रि नहुने गरेको विगत देखि किसानको गुनासो रहँदै आएको पाईन्छ ।

सबै जसो तरकारी पहिले बिक्रि हुन धौ धौ हुने र बिक्रि भए पनि १० देखि १५ रुपैयाँमा बिक्रि हुनाले किसान मर्कामा रहन गएको किसान बताउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *