मंगलबार, १५ माघ २०८१

जुम्लामा ६ ओटा अर्गानिक गाउँ घोषणा

जुम्लामा विभिन्न ६ ओटा गाउँलाई अर्गानिक गाउँ बनाउने अभियान सुरु गरिएको छ । सिंजा गाउँपालिका, हिमा गाउँपालिका र कन्कासुन्दारी गाउँपालिकाका विभिन्न ६ ओटा गाउँलाई अर्गानिक बाली पकेट क्षेत्रका रुपमा कार्यक्रम सुरु गरेको कृषि ज्ञान केन्द्र जुम्लाका प्रमुख डाक्टर तपेन्द्र बहादुर शाहले बताएका छन् ।

सिंजा गाउँपालिकाको चुलेगाउँ र गोरागाउँ, हिमा गाउँपालिकाको महावैपाथरखोला, ओदी र दधेवारगाउँ र कन्कासुन्दरी गाउँपालिकाको लुडकु गाउँलाई अर्गानिक गाउँ बनाउने घोषणा गरिएको हो । जिल्ला नै अर्गानिक जिल्लाको रुपमा घोषणा भए संगै त्यसको लागि आधार स्वरूप अर्गानिक गाउँ बनाउन थालिएको कृषि ज्ञान केन्द्र जुम्लाले जनाएको छ ।

यस्ता अर्गानिक गाउँमा जैविक मल उत्पादन गर्ने देखि रैथाने बाली संरक्षण गर्ने, पशुपालन क्षेत्रमा बढवा दिने लगायतका कार्यक्रम सुरु भएका छन् ।
अर्गानिक घोषित जिल्ला जुम्लामा धान, गहुँ, जौं, सिमि, फापर लगायत सबै पक्रारका बालीमा विषादी छर्न रोक लगाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *