शुक्रबार, १६ चैत्र २०८०

किसानलाई पेन्सन दिने देशकै पहिलो स्थानीय सरकार बन्यो बुढीगङ्गा

Share via:

सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्लाको बुढीगङ्गा नगरपालिकाले देश मै पहिलो उदाहरणीय कार्यक्रम सार्वजनिक गरेको छ । नगरपालिकाको तेस्रो नगरसभाबाट किसानलाई पेन्सनको सुविधा दिने निर्णय गरेको नगरप्रमुख दीपकविक्रम शाहले बताएका छन् । किसानलाई पेन्सन दिनुपर्ने छिमेकी देशमा रहेको चलन नेपालमा पनि लागू गर्नु पर्ने कुरा उठीरहेका बेला बुढीगङ्गा नगरपालिकाले यो कार्यको थालनी गरेको हो ।

किसानलाई सुरुमा रुपैयाँ ५०० देखि रुपैयाँ १००० सम्म सुविधा उपलब्ध गराउने र त्यसको लागि तत्काल कार्यविधि बनाउने पालिकाले बताएको छ ।
त्यस्तै गरी पालिकाले २०० भन्दा बढी विरुवा रोप्ने, ५ रोपनीमा तरकारी खेती गर्ने, ५ भन्दा बढी गाई भैंसी पालन गर्ने कार्यक्रम बनाएको छ ।

कृषि र किसानलाई प्रोत्साहन गर्ने नमुना कार्यक्रम बनाएको पालिकाले फलफुल गाउँ निर्माण देखि कृषि र पशुपालनलाई पहिलो प्राथमिकतामा राखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

संबन्धित