तनहुँ जिल्ला दुध र मासुमा आत्मनिर्भर
पशुपालनतर्फ किसानको आकर्षण बढेसँगै तनहुँ मासु र दूधमा आत्मनिर्भर बनेको छ । जिल्लाबासीको बढ्दो आवश्यकतालाई मध्यनजर गरी किसानले मासु र दूधजन्य पदार्थको उत्पादन बढाएका छन् । जिल्लालाई मासुमा आत्मनिर्भर बनाउन विगतदेखि नै कृषकलाई विभिन्न कार्यक्रममार्फत प्रेरित गरिरहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र प्रमुख डा। बालकुमार श्रेष्ठले बताए । जिल्लामा वार्षिक ४ हजार ५ सय २६ टन मासुको माग भएपनि ४ हजार ५ सय ५८ टन उत्पादन भैरहेको छ । यस्तै आर्थिक वर्ष ०७४र७५ मा ४ हजार ४ सय १७ टन मासु उत्पादन भएको थियो । आजको कान्तिपुरमा यो समाचार छापिएको छ ।