बिहिबार, ०९ बैसाख २०७८

उपभोक्तालाई तरकारी आपूर्तिमा कमी भएको भन्दै मनपरी मुल्य बढाईदै

Share via:
  •  
  •  
  •  
  •  
  •  

रुपन्देहीका गाउँघरमा किसानले चालु साता गोलभेंडा प्रतिकिलो ७० रुपैयाँमा बिक्री गरिरहेका छन् । बुटवलस्थित थोक बजारमा भने रुपन्देहीसहित कपुरकोट, काठमाडौं र भारतीय गोलभेंडा बिक्रीमा छन् । यहाँ ८० देखि ९० रुपैयाँ प्रतिकिलोमा किनबेच भइरहेको छ । उपभोक्ताले भने प्रतिकिलो १५० देखि १८० रुपैयाँमा गोलभेडा किन्नुपरेको छ ।

बारीमा भिन्डी ३० रुपैयाँ प्रतिकिलो छ । थोक बजारमा ४० रुपैयाँ छ । उपभोक्ताले प्रतिकिलो १ सय रुपैयाँमा किन्नुपरेको छ । किसानले सय रुपैयाँ किलोमा बेचेको सिमी उपभोक्ताले १५० रुपैयाँमा किनिरहेका छन् । किसानले १५ रुपैयाँ मुठोमा बेचेको साग उपभोक्तासित पुग्दा ४० रुपैयाँ पर्छ ।

त्यस्तै गरि पाल्पामा भने अवस्था फरक छ ।

अघिल्लो वर्ष भाउ नपाएर खेर फाल्नुपरेपछि पाल्पाका किसानले यस वर्ष गोलभेंडा कम लगाए । अन्य तरकारी उत्पादनमा पनि धेरै जोड दिएनन् । वर्षायाममा भारतीय तरकारीसँग प्रतिस्पर्धा धेरै गर्नुपर्ने भएकाले पर्याप्त तरकारी नलगाएका हुन् । उनीहरूलाई यतिबेला भने दुर्भाग्य भयो, यस वर्ष गोलभेंडालगायत तरकारीको भाउह्वात्तै बढ्यो । थोरै लगाउनेहरूले अहिले पछुताउनु सिवाय केही छैन ।

गतको वर्ष १५र२० रुपैयाँ प्रतिकिलो थोक मूल्यमा गोलभेंडा बजार पठाएका थिए । यस वर्ष भाउ बढेर ९० देखि सय रुपैयाँ प्रतिकिलो पुगेको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *