शुक्रबार, ०९ फाल्गुण २०८१

लमजुङमा अनौठो मेला : कुखुरा मेला

लमजुङमा स्थानीय स्तरमा पालिदै आएका कुखुराको संरक्षणको लागि कुखुरा मेला संचालन भएको छ । जिल्लाको सुन्दरबजार नगरपालिकाको वडा नम्बर ६ अन्तर्गत खत्रीठाँटिमा विभिन्न जातका लोकल र अन्य जातका कुखुरा राखिएका थिए ।

जिल्ला र जिल्ला बाहिरका किसानलाई स्थानीय जातका कुरा पहिचान र संरक्षणको लागि मेला आयोजना गैरेको एकीकृत कृषि तथा पशुपंछी फार्मकाका संचालक प्रेम बहादुर भट्टराईले बताए ।

मेला कुखुराका साथै उपभोक्ताको चाहना अनुसार लौकाट, बट्टाई र कड्कनाथ लगायतको कारोबार भएको छ । मेलामा ४०० वटा कुखुरा बिक्रि भएको भट्टराईले बताएका छन् । मेला संचालनबाट ५ लाख रुपैयाँजतिको कारोबार भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

संबन्धित