शुक्रबार, १० बैसाख २०७८

प्रादेशिक संरचनामा पहिलोपटक कृषि उद्यम केन्द्र स्थापना

Share via:
  •  
  •  
  •  
  •  
  •  

संघीय सरकारको समन्वयमा प्रदेश १ मा प्रदेश स्तरीय कृषि उद्यम केन्द्र स्थापना गरिएको छ । प्रदेश १ को विराटनगरमा कार्यलय रहने गरि बिहिबार नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले उद्यम केन्द्रको उद्घाटन गरेकी छिन् ।

सरकारले विगत २८ वर्ष देखि उद्योग वाणिज्य महासंघ संग सहकार्य गर्दै केन्द्र संचालनमा ल्याउँदै आएको छ । सोहि कार्यक्रमको निरन्तरता स्वरूप प्रादेशिक संरचनामा पहिलो पटक प्रदेश १ बाट उद्यम केन्द्र संचालनमा ल्याईएको अध्यक्ष रानाले बताईन् ।

उद्यम केन्द्र संचालनमा आउने भएपछि कृषि र कृषि जन्य वस्तुहरु संग सम्बन्धित आपूर्ति, उत्पादन, प्रशोधन, पारवहन तथा बजार व्यवस्थापन लगायत व्यावसायिक क्रियाकलापमा केन्द्रले समन्वयकारी भूमिका निभाउने छ ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र महासंघ अध्यक्ष राणा बीच गत माघ २९ गते भएको सहमति अनुसार केन्द्र स्थापाना गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *