शुक्रबार, १६ चैत्र २०८०

नियम विपरित चलेका १९ तरकारी पसलहरुलाई कारवाही

Share via:

काठमाण्डौमा तरकारीको भाउ अस्वाभाविक रुपमा वृद्दि भएको गुनासो बढे संगै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले शुक्रबार कालिमाटी र बल्खुका तरकारी बजारमा अनुगमन गरेको छ ।

शुक्रबार बिहान ४ बजे देखि नै विभागका अधिकृत द्वय पवन प्याकुरेल र दीपक पोखरेलको नेतृत्वमा दुई प्रमुख तरकारी बजारमा अनुगमन भएको छ ।अनुगमनका क्रममा नियम विपरित ढंगले तरकारीको बिक्रि वितरणमा संग्लग्न १९ जना व्यापारीलाई कारवाही गरिएको छ । कालिमाटीबाट ९ ओटा स्टल र बल्खुबाट १३ गरि कुल २२ ओटा स्टलमा अनुगमन गर्दा १९ ओटा तरकारी व्यवसायी कारवाहीमा परेका हुन् ।

तरकारी खरिद गरेको र बिक्रि सम्बन्धि बिलबिजक दिन नसकेपछि व्यापारीमाथि कारवाही गरिएको हो । तरकारी किसानबाट किनेको मुल्य र बजारमा बिक्रि गरिराखेको मुल्य नै उपलब्ध गराउन नसकेपछि चर्को मुल्यमा बिक्रि वितरणमा संग्लग्न व्यापारी कारवाहीमा परेका हुन् । उनीहरुलाई कानुन बमोजिम ५ हजार देखि २० हजार रुपैयाँ सम्म जरिवाना गराईएको हो । साथै विभागले व्यापारीलाई एक साता भित्र बिल बिजक संगै विभागमा उपस्थित हुन निर्देशन दिएका छ । अनुगमनमा १ जनालाई २० हजार, २ जनालाई १०र१० हजार र बाँकी १६ जनालाई ५र५ हजारका दरले कारवाही गरिएको छ ।

उपभोक्ता संरक्षण ऐन, २०७५ को परिच्छेद ३ को दफा १२ मा पैठारी कर्ता, ढुवानीकर्ता, संचयकर्ता र बिक्रेताले बिक्रि प्रयोजनका लागि खरिद गरेका बस्तुको खरिद बिलबिजक संगै राख्नु पर्ने र अनुगमनका क्रममा तुरुन्तै उपलब्ध गराउनु पर्ने प्रावधान गरिएको छ । त्यो उपलब्ध गराउन नसके न्युनतम ५ देखि ५० हजार रुपैयाँ सम्म जरिवाना गर्न सकिने व्यवस्था पनि गरिएको छ ।

कानुनमा बढी कानुनमा बढी नै जरिवाना गर्न सकिने भएपानी पहिलो पटकलाई चेतवानी स्वरूप थोरै गरिएको विभागका महानिर्देशक योगेन्द्र गौचनले बताए । तरकारी बजार अनुगमनमा बल्खु खटिएका उपभोक्ता अधिकार अनुसन्धान मंचका अध्यक्ष माधव तिमिल्सेनाले तरकारी महँगो हुनुमा बिचौलियाको मनोमानी र सरकारको बेवास्ता रहेको बताए ।

राजधानी र आसपासमा ठुलो वर्षा भए संगै बाढी र डुबान देखिए संगै तरकारीको आपूर्ति असहज भएको कारण देखाउंदै व्यवसायीले मनोमानी गरेको आरोप लागेपछि विभागले अनुगमन गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

संबन्धित