अर्घाखाँचीमा मल अभाव
अर्घाखाँचीमा रासायनिक मलको अभाव भएको छ ।
धान बालिमा मल राख्न ठिक्क परेका कृषक यतिबेला युरिया मल नपाउँदा चिन्तित बनेका हुन् ।
लकडाउनको बेला भारतबाट चाहिने भन्दा निकै कम मल आएकाले जिल्लाको बजारमा रासायनिक मलको अभाव रहेको कृषि ज्ञान केन्द्र अर्घाखाँचीका प्रमुख देवेश कुमार मिश्रले जानकारी दिनुभयो ।
उहाँले हाल जिल्लालाई करिब १ सय ५० मेट्रिक टन मल तत्कालको लागि आवश्यक रहेको जानकारी दिनुभएको छ ।