बुधबार, २० श्रावन २०७८

घरको छतमा तरकारी फलाएर सबैलाई चकित बनाउँदै चीन

Share via:
  •  
  •  
  •  
  •  
  •  

हामीले सोचे भन्दा पनि नयाँ र अनौठा काम गर्दै आएको चीनले कृषिमा पनि आफ्नो फरक उपस्थिती देखाउन थालेको छ । विश्वलाई नै चकित पार्दै आइरहेको चीनले पछिल्लो समय कृषि क्षेत्रमा नयाँ क्रान्तिको थालनी गरेको छ । जसले घरको छतबाट नै सबै खाले कृषि उत्पादनको सुरुवात गरेको छ ।

सन् २०१८ को एक रिपोर्ट अनुसार चीनका ८० लाख युवाहरु कृषि खेती गर्नै भनेर गाउँ फर्किएका थिए । यो दर वार्षिक रुपमा बढेको समेत बताइएको थियो । त्यसमा पनि, कृषि गर्ने नयाँ पद्धति सबैलाई आश्चर्य चकित पारेको छ ।
करिब ५० वर्ष अगाडि चीनको दयनिय अवस्था रहेको थियो । भोकमरी लगायत अन्य समस्याले ग्रस्त रहेको चीनले ३० वर्षको अवधिमा विश्वकै शक्तिशाली देशको परिचय बनाउन सक्यो । आज उसले भौतिक पुर्वाधार लगायत विभिन्न क्षेत्रमा कायपलट नै गर्न सफल भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *