बुधबार, २८ कार्तिक २०८१

पूर्वी नेपालका फलफूल तरकारी बारीमा ‘शंखेकिरा’को महामारी

Share via:

तरकारी र फलफूलमा ‘शंखेकिरा’ले क्षति पुर्याउन थालेपछि पूर्वी नेपालको झापाका किसानहरु चिन्तित बनेका छन् । झापाको कमल गाउँपालिकामा तरकारीको बोट नै नरहने गरि ‘शंखेकिरा’ले नष्ट पारेको छ । ‘शंखेकिरा’ले तरकारी लगाएको ठाउँमा आक्रमण गर्न थालेपाछी किसानलाई ठुलो चिन्ताको विषय बनाएको छ । बिहान भर ३ किलो बढी ‘शंखेकिरा’ टिपेर फालेपनि उत्तिखेरै त्यत्ति नै संख्यामा ‘शंखेकिरा’ देखिएका स्थानीय किसानहरुले बताएका छन् ।

‘शंखेकिरा’ महामारीकै रुपमा फैलिएपनि त्यसको कुनै पनि विकल्प भेटाउन नसकेको किसानहरुको गुनासो छ । यति धेरै शंखेकिरा यहाँ भन्दा अगाडी कहिल्यै पनि नदेखेको किसानहरु बताउँछन् । हेर्दा ‘शंखेकिरा’ जस्तै नै छ तर बाहिरको रंग भने अलि फरक र नौलो प्रकारको देखिएको किसान बताएका छन् ।

झापामा यस किराले तरकारी मात्र नभएर फलफूलमा पनि उत्तिकै क्षति गरेको छ । कृषि ज्ञान केन्द्र झापाले यसको प्रकोप झापा एकदमै बढी रहेको जनाएको छ । यो आयातित किरा रहेको ज्ञान केन्द्रको भनाई रहेको छ । बाहिरबाट सिंचाईका लागि ल्याईएका पाईपबाट यस किरा यस ठाउँमा भित्रिएको ज्ञान केन्द्रका प्राविधिकहरु बताउंछन् । यसलाई नियन्त्रण गर्नको लागि रासायनिक विषादीको सट्टा किरालाई टिपेर नुन छर्केर खाडलमा हालेर नियन्त्रण गर्न प्राविधिकहरुको सुझाव रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *