मंगलबार, ०६ माघ २०७७

मकैलाई सताउने ध्वाँसे थोप्ले रोग यसरी नियन्त्रण गर्न सकिन्छ

Share via:
  •  
  •  
  •  
  •  
  •  

मकैमा लाग्ने ध्वाँसे थोप्ले रोग Cersocopora zea maydis नामक ढुसीबाट लाग्ने रोग हो । यसलाई Cersocopora leaf spot  पनि भनिन्छ । यो रोग पहिलोपटक संयुक्त राज्य अमेरिकामा देखिएको थियो | नेपालमा सन्  २००६  देखि  पहिलोपटक  यो रोग काभ्रे र ललितपुरमा देखिएको  र  हाल नेपालको विभिन्न जिल्लामा विनासकारी समस्याको रुपमा  देखिएको छ । यो रोग मुख्यत तराई भित्री मधेसमा कमै देखिए  पनि पहाड़ देखि उच्च पहाड़ र हिमाली भेगको  भने मुख्य रोग हो । यो रोगले कतै ११ देखि ६९ प्रतिशत सम्म त कतै शतप्रतिशत  क्षति गरेको पनि पाइएको छ ।  यस रोगको समस्या मध्य ग्रीष्म देखि ग्रीष्म ऋतु को अन्त्यसम्म देखिन्छ।

कस्तो समयमा यो रोग लाग्छ ?

  • यो प्राकृतिक तथा मानविय दुबै कारणले लाग्ने रोग हो। न्यानो आद्रता बढी भयको  ठाउँमा यो  रोगको प्रकोप बढ़ी देखिन्छ ।

 

  • प्राकृतिक कारण जस्तै लगातार बादल लागिरहने  तुवालो लाग्ने गर्दा  सापेक्षिक आद्रताको मात्रा बढी भई पातहरू भिजिरहदा पनि  लाग्ने सम्भावना बढ्छ ।

 

  • तापक्रम बढ़ी हुने र सुख्खा मौसममा  तातो हावा बहदा रोगको प्रसार बढी हुन्छ।

 

  • त्यस्तै गरी राम्रो संग खनजोत नगर्नु, एउटै बारीमा वर्षेनी मकै मात्र लगाइराख्दा बालिनालिका  अवशेष नहटाउदा नाईट्रोजनयुत्त मल (युरिया)को मात्र प्रयोग गर्दा यो रोगको प्रकोप देखिने गर्छ।

यस रोगका लक्षण र असरहरु

  • यो रोग बिरुवाको वानस्पातिक अवस्था देखि प्रजनन अवस्थासम्म देखिन्छ । उन्मोचित (सुधारिएका) जातमा भन्दा स्थानीय जातमा यसको असर बढी देखिन्छ ।

 

  • मकैको चमरा निस्कने बेलामा पातको तल्लो भागतिर पहेला वा खैरा दागहरू देखिन्छ्न । त्यी दागहरू बिस्तारै मथिल्लो भागतिर  सर्दै लामा लामा आयतकार आकारका खैरा थोप्लाहरू देखिन्छ्न र यी थोप्लाहरू नसासंग सामानान्तर भएर बढ़दै जान्छ ।

 

  • पातको रंग मलिन हुदै जान्छ र सुक्न थाल्छन । दाना भरिलो हुदैन । घोगा साना टेडा हुन्छन र कुहिन पनि सक्छन्  । बिरुवाहरू पुरी सुक्ने र ढल्ने पनि हुन्छ तर जुगा भने हरियो नै हुन्छ ।

 

 

ध्वासे धोप्ले रोग नियन्त्रणका तरिका

१. रोग सहन सक्ने जात गणेश-१ मनकामना- ३ देउती  लगाउने

२. राम्रोसंग  खनजोत गरी -बालिनालिका अबशेष माटोमा मिलाउने

३. घुम्ति बाली लगाउने

४. मकैसंग अन्तरबालिको रुपमा सोयाबिन र मकै भित्राउनु भन्दा केही समय अगाडितिर कोदो लगाउने

५. यूरिया पोटास डिएपि र अन्य खाद्धतत्त्वको मात्रा मिलाएर प्रयोग गर्ने।

६. पातलो रोप्ने  अलि छिटो रोप्ने।

७. रासायनिक बिषादी -बेभिस्टिन व बेनोफेट १ ग्राम वा  डाईथेन एम- ४५ वा साफ २ ग्राम प्रति लिटर पानीको दरले   ७-१० दिनको फरकमा दुई पटक  छर्ने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *