आइतबार, ०६ वैशाख २०८३

भैंसीको मूल्य झन्डै डेढ लाख

सांकेतिक तस्बीर

ज्वालामुखी गाँउपालिका–५ खरी कालिमाटीका किसानले भैंसी व्याएको साढे दुई महिनापछि एक लाख ३८ हजारमा बचेका छन् । आफूलाई बेच्न मन नभएपनि खरिद गर्ने पक्षले अनेक बहाना बनाएर भैंसी बेच्न बाध्य बनाएको फुतुलु तामाङले बताए । वर्षेनी व्याउने चौथो बेते भैंसींले एक साँझमा एक पाथी दूध दुने गरेको थिए । “आफूसँग भैंसीलाई पर्याप्त आहार कुडोपानी खुवान सक्ने अवस्था थिएन तर, पनि दूध धेरै नै दिन्थ्यो ।” उनले भने, “यसअघि २२ माना घ्यू बेचेको थिएँ, दूध धेरै दिने हल्ला चलेपछि धेरैले किन्न इच्छा गरेका थिए । गोरखा फुजेलका सन्तोष अर्यालले एक लाख ३८ हजारमा लगे ।” उनीहरुले दानापानी खुवाउन सक्छन् दिनमा तीन पाथी दूध निकाल्ने तामाङले बताए ।

अहिलेसम्म गाउँमा एक लाख रुपयाँसम्ममा भैंसी किनबेच भएको थियो । “दुई मना दूध दिने भैंसी पनि एक लाखमा बिक्री हुने भएपछि भैंसी खाइलाग्दो र दूधालु भएकाले एक लाख ३८ हजार तिरेको हुँ” अर्यालले भने । अहिलेसम्म यस भेगमा एक लाख रुपैयाँ भन्दा धेरै मूल्यमा भैंसी किनबेच भएको छैन । पछिल्लो समय थरो भैंसी पाल्नेको संख्या घट्दै गएकोले लैनो भैंसीको मूल्य बढेको हो । गाँउमा काम गर्ने उमेरसमूहमा मानिस कृषि कर्मबाट भागेकाले पनि सबै थोकको मूल्य बढेको छ । त्यसमा पनि अहिले कोरोना भाइरसका कारण आवतजावतमा कठिनाई छ । तराईबाट लैनो भैंसी ल्याउन सक्ने अवस्था छैन । त्यस कारण पनि गाँउका भैंसीको मूल्य बढेको किसानहरु बताउँछन् । तराईको भैंसी ल्याउँदा हावा पानी नमिल्ने भएकाले सवै भैंसी गतिलो नहुने उनी बताउँछन् । भैंसी पालनलाई प्रोत्साहन गर्न सुत्केरी खर्च दिने योजना कार्यान्वयनमा आएसँगैज्वालामुखी गाँउपालिका वडा नं. ५ का अध्यक्ष कृष्णप्रसाद काप्रीले एक लाख ३८ हजारमा भैंसी किनबेच भएको खबरले आफू खुसी भएको बताए । पछिल्लो समय थारो भैंसी पाल्ने किसानको संख्या घटेकाले भैंसी सुत्केरी भत्ता दिन सुरु गरेको उनले बताए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *