आइतबार, २० माघ २०८१

खाद्यान्नको अभाव बढ्दै

(सांकेतिक तस्बीर)

हिमाली जिल्ला मुगुमा सदरमुकाम गमगढी बजारदेखि संस्थानसम्म खाद्यान्न अभाव भएको छ ।
खाद्य संस्थान व्यापार कम्पनी लिमिटेड मुगु जिल्लाको गत आर्थिक वर्षको स्वीकृत कोठा अनुसार गमगढी बजारको लागि १० हजार, पुलु १२ सय क्वीन्टल, सोरुकोट २२ सय क्वीन्टल, खत्याडको रातापानि १२ सय क्वीन्टल, पुन रातापानीको ८ सय क्वीन्टल, त्यस्तै कालै डिपो केन्द्रमा ४२ सय ९९ क्वीन्टलमध्ये १ सय ७१ क्वीन्टल मात्र ढुवानि भई बिक्री वितरण भइसकेको खाद्यव्यवस्था तथा व्यपार कम्पनी मुगुले जनाएको छ ।

कार्यालयका जिल्लाको खाद्य व्यवस्था तथा व्यपार कम्पनी अन्तर्गतका सबै डिपो हिजो–आज खाली छन भने शाखा कार्यालय गमगढीमा रहेको गोदाममा ५ सय ५० क्वीन्टल मात्र स्टोक रहेको उक्त स्टोक रहेको चामल दैवि प्रकोप पीडित, लगायत अत्यावश्यक कार्यमा मात्र वितरण गरिने गएको साउन २८ गतेबाट एक सार्वजनिक सूचना गरी सर्वसाधरणहरुलाई खाद्यान्न बिक्री वितरणमा रोक लगाइएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी शाखा मुगुका कार्यालय प्रमुख कर्णबहादुर रावलले बताए ।

उनका अनुसार सोना मंसुली, मध्ये जापानिज, अरुवामोटो, जिरा मंसुलीलगायतका आधादर्जनका खाद्यान्न बिक्री वितरण गर्दै आइरहेको आर्थिक वर्ष ७७ ÷७८ को खाद्यान्न ढुवानी ठेक्का पट्टाको प्रक्रिया भइरहेको हुनाले गत वर्षको चामल सकिसकेको हुनाले र नयाँ चामलन आएको हुँदा खाद्यान्नमा अभाव भएको रावलले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *