सोमबार, २१ माघ २०८१

अलैंची बगान सुक्न थाले

लमजुङको क्व्होँलासोथर गाउँपालिका–३, बगुमका स्थानीय २६ जना किसानले सामूहिक रुपमा दुईसय रोपनी क्षेत्रफलमा लगाएको अलैंची खेती सुकेको छ । अलैंचीका बाेट यसरी सुक्न थालेपछि किसान चिन्तित भएका छन् ।

व्यवसायिक खेतीको प्रतिफल समेत नपाई बोट मरेपछि आफुहरु मर्कामा परेको स्थानीय किसान गम बहादुर घलेले बताए । पाँच वर्षअघि ०७२ सालबाट उत्तरकन्या अलैंची कृषक समूह गठन गरी स्थानीयले व्यवसायिक अलैंची खेती शुरु गरेका थिए ।

अलैंची रोपिएपछि फल दिन कम्तिमा तीन वर्ष लाग्छ । अघिल्लो वर्ष यहाँ करिब ६ क्विन्टल अलैंची उत्पादन भएको थियो । यसवर्ष पनि राम्रै  उत्पादन हुने अपेक्षा गरिएको भए पनि दानालाग्नु अघि नै अलैंचीका बोट मरेको स्थानीय कृषक घलेले बताए ।

मौसम अनुकुल नहुँदा र घामपानीको सन्तुलन नमिल्दा अलैंचीका बोटमा ढुसी लागेको हुनसक्ने अलैंची व्यवसायी महासँघ गण्डकी प्रदेशका अध्यक्ष अजय तामाङको भनाई छ ।

उनले परिस्थिति सामान्य नभएकाले स्थलगत अनुगमन गर्न नसकिएको बताए ।  वातावरण अनुकुल नभएमा वा अत्यधिक वर्षा भएमा अलैंचीमा पात सड्ने वा डढुवा रोग लाग्ने सम्भावना अधिक हुने कृषि प्राविधिकहरुको भनाई छ । नयाँ पत्रिका दैनिकबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *