सोमबार, २१ माघ २०८१

समयमै मल ल्याउन नसक्ने कम्पनीको धरौटी जफत

रासायनिक मल आपूर्ति गर्न नसकेपछि कृषि सामग्री कम्पनी लिमिटेडले दुई मल कम्पनीसँगको ठेक्का सम्झौता रद्द गरेको छ । शारदाप्रसाद अधिकारीको शैलुङ इन्टरप्राइजेज र हुमनाथ कोइरालाको हानोको मल्टिपल प्रालिसँग भएको ठेक्का सम्झौता रद्द गरेको हो । उनीहरूले मल खरिद गर्न राखेको धरौटी जफतसमेत गर्ने निर्णय गरिएको कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले जानकारी दिनुभयो ।

५० हजार मेट्रिक टन युरिया मल ल्याउनका लागि पुस २८ र ४ माघमा गरिएको टेण्डरमा दुई कम्पनीले ठेक्का पाएका थिए । दुवै कम्पनीले तोकिएको समयमा कम्पनीले गरेको ठेक्का सम्झौताअनुसार १० साउनसम्म पहिलो लट तथा २० भदौभित्र सबै मल खरिद गरेर ल्याउनुपर्ने हो । शनिबार नै मिति सकिए पनि मल बुक गरेको जवाफ दुवै कम्पनीले नपठाएपछि धरौटी र ठेक्का नै रद्द गरेको मन्त्री भुसालले जानकारी दिनुभयो ।  मन्त्री भुसालका अनुसार दुवै कम्पनीले राखेको ५/५ करोड कार्यसम्पादन धरौटी रकम जफत भएको छ । उनीहरूका कारण किसानलाई समस्या परेको भन्दै थप कम्पनीविरुद्ध कानुनी कारबाहीका लागि कृषि सामग्री कम्पनी लिमिटेडले तयारी गरेको मन्त्रालायले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *