आइतबार, ०६ वैशाख २०८३

भारतले लगायो प्याज निर्यातमा प्रतिबन्ध

भारतको केन्द्रीय सरकारले प्याजको निर्यातमा प्रतिबन्ध लगाएको छ। अस्वाभाविक मूल्य वृद्धि भएपछि प्याज निर्यातमा भारतीय सरकारले रोक लगाएको बताइएको छ।

भारी वर्षात् तथा वर्षातका कारण घरेलु बजारमा प्याजको आपूर्ति पर्याप्त हुन नपाएपछि पाउडर बनाइएको तथा काटिएका केही आइटम बाहेकको निर्यातमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ।

‘सबै प्रकारका प्याजको निर्यातमा रोक लगाइएको छ। यो निर्णय तत्काल लागू हुने छ,’ भारतीय विदेश व्यापार निर्देशनालयलाई उद्धृत गर्दै लाइभ मिन्टले अनलाइन संस्करणमा लेखेको छ।

यसअघि गएको वर्ष पनि भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएको थियो। छ महिना लामो प्रतिबन्ध मार्चमा खोलिएको थियो। भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाउँदा नेपाली बजारमा मूल्य बृद्धि भएको थियो। नयाँ दिल्लीमा प्याज किलोको ८० भारु पुगेको छ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *