मंगलबार, २२ माघ २०८१

चाडपर्वको मुखैमा अखाद्य वस्तुको कारोबार

सांकेतिक तस्बीर

चाडबाड नजिकिएसँगै मिति सकिएका खाद्य वस्तुमा नयाँ मिति राखेर बजार पठाउने गतिविधिमा केही व्यवसायी सक्रिय भएको पाइएको छ ।  अवैध गतिविधिमा विभिन्न चलखेल हुन थालेको सूचना पाएपछि प्रहरीले केही दिनदेखि शङ्कास्पद क्षेत्रमा छापा मारेर त्यस्ता कार्यमा संलग्न केही व्यवसायीलाई पक्राउसमेत गरेको छ ।

महानगरीय प्रहरी परिसरका प्रमुख श्यामलाल ज्ञवालीले आज मात्रै काठमाडौँको कलङ्कीबाट झण्डै रु पाँच करोड मूल्य बराबरका त्यस्ता खाद्य वस्तु बरामद गरिएको जानकारी दिनुभयो । मिति सकिएको खाद्य वस्तुलाई नयाँ मिति लगाएर बजार पठाउने तयारी गर्दै गर्दा भण्डारबाटै चार जनालाई पक्राउ गरिएको हो ।

उहाँका अनुसार विशेष सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई थलोमै पक्राउ गरेको हो । बन्दाबन्दीका समयमा नबिकेका सामानलाई मिति सच्याएर बजारमा पठाउने तयारी गरिएको प्रहरीले जनाएको छ । उनीहरुका साथबाट त्यस्ता स्टिकर, छाप र छाप लगाउने यन्त्रसमेत बरामद गरिएको छ । उनीहरुले चकलेट, बिस्कुट, आँटा, मैदा, तेल, चामल, दाललगायतमा मिति सच्याएको पाइएको छ ।    

Leave a Reply

Your email address will not be published. Required fields are marked *