बिहिबार, ०६ बैसाख २०८१

आलुमा डढुवाको प्रकोप

Share via:

ओखलढुङ्गामा व्यावसायिक रुपमा लगाएको आलु खेतीमा डढुवा रोग फैलिएको छ । जिल्लाका माथिल्लो भेगमा लगाइने आलु खेतीमा डढुवा रोगको प्रकोप फैलिएको हो ।

रोग फैलिएपछि यस वर्ष आलु उत्पादनमा गिरावट आएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण आलु जोन कार्यक्रमअन्तर्गत व्यावसायिक खेती सुरु गरेका कृषकहरूलाई कलिलैमा बोट मरेपछि यस वर्ष बिउको जोहो गर्नसमेत धौ धौ परेको छ । लामो समयदेखि व्यावसायिक रुपमा आलु खेती गर्दै आएका ओखलढगाका किसानलाई आलुको बिउ कहाँबाट जुटाउने भन्ने चिन्ताले सताउन थालेको ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका-६ टोड्केका किसान राजेश श्रेष्ठले बताउनुभयो । डढुवाको प्रकोपले आलु उत्पादन नभएपछि बिउको जोहो गर्नै समस्या परेको उहाँको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

संबन्धित